पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा « Khabarhub

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कराची– पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठमन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका छन्  ।

शनिबार मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिए । मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उनले उल्लेख गरे ।

उनको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् । 

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो । अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् । 

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन् । उनले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्न सक्ने जानकारी दिए ।

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गरे । उनका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन् । यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ । हाललाई स्थिति स्थिर रहेको र आगामी दिनमा भारी वर्षा नभए अवस्था नियन्त्रणमै रहने अपेक्षा गरिएको उनले बताए ।

सहरी केन्द्रहरू तत्काल जोखिममा नरहेको उल्लेख गर्दै मन्त्री मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गरे । प्रान्तीय सरकार आफैँ सक्षम भएकाले सेनाको सहयोग लिनुपर्ने आपत्कालीन अवस्था अहिलेसम्म नभएको पनि उनले प्रष्ट पारे ।

कच्छ (नदी) क्षेत्रका बासिन्दालाई जोखिमबारे सचेत पारिएको उनले जानकारी दिए । उनका अनुसार त्यहाँका मानिसहरू सामान्यतया नदीको पानीको व्यवहारबारे सचेत हुने भएकाले पानी बढ्दा स्वेच्छाले सुरक्षित क्षेत्रमा जान्छन् वा आफन्तकहाँ बस्न पुग्छन् ।

गाईवस्तुका लागि करिब तीन सय शिविर स्थापना गरिएको छ भने नदी किनारमा रहेका १५ जिल्लालाई नजिकबाट निगरानी गरिएको पनि उनले बताए । 

‘पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन’, उनले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताए । रासस
 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : ३५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार