हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि « Khabarhub

हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलको हवाई आक्रमणमा मारिएको तीन महिनाभन्दा बढी समयपछि हमासले आइतबार गाजामा आफ्ना प्रमुख नेता मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि गरेको छ ।

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्बिरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर वर्णन गरिएका अन्य राजनीतिक र सैन्य नेताहरूसँगै देखाइएको छ ।

मोहम्मद सिनवार, हमासका वरिष्ठ नेता याह्या सिनवारका कान्छा भाइ थिए । इजरायलले याह्यालाई सन् २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमणको मुख्य योजनाकारको रूपमा आरोप लगाएको थियो । हमासको इजरायलमाथिको उक्त आक्रमणले गाजा पट्टीमा हालसम्म चलिरहेको युद्धलाई भड्काएको थियो ।

कमान्डर मोहम्मद देइफको मृत्युपछि मोहम्मद सिनवारले अल–कसम ब्रिगेडको सैन्य परिषद्को नेतृत्व गरेको बताइएको छ ।

इजरायली सेनाले मध्य गाजाको खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा उनको शव भेटिएको दाबी गरेको छ । सेनाले १३ मेमा उनलाई ‘मारेको’ घोषणा गरेको थियो ।

इजरायली तथ्याङ्कमा आधारित एएफपीको विवरणअनुसार सन् २०२३ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।

त्यस आक्रमणमा कब्जा गरिएका दुई सय ५१ जना बन्धकमध्ये ४७ जना अझै गाजामा रहेको र करिब २० जना जीवित रहेको विश्वास गरिन्छ ।

इजरायलको जवाफी आक्रमणले अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार तीन सय ७१ प्यालेस्टिनीको ज्यान लिएको छ ।

यो तथ्याङ्क हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले दिएको हो, जसलाई संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय निकायहरूले पनि भरपर्दो मानेका छन् । रासस

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : ४९ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको