नेपाली लघु फिल्म ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने « Khabarhub

नेपाली लघु फिल्म ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै चर्चित मध्येको एक दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फेस्टिभलको ३० औँ संस्करणमा नेपाली लघु फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ ।

बुसानले जारी गरेको सूचना अनुसार यस फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ (सेप्टेम्बर २१ र २२) मा हुनेछ । बुसानमा सहभागी ३ हजार ५९ लघु फिल्म मध्ये उत्कृष्टमा ‘रिहान’ परेको यसको निर्माण टोलीले बताएको छ ।

यस संस्करणको बुसान फिल्म फेस्टिभल सेप्टेम्बर १६ देखि २७ सम्म हुनेछ ।

‘रिहाना’ बुसानमा प्रिमियर हुने विषयलाई आफ्नो एक उद्देश्य पूरा भएको निर्माता केदार भुसाल भनाइ छ । उनी भन्छन्, ‘म नेपालका कथालाई विश्वभर पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छु । बुसानमा यो लघु फिल्म छनोट भएकाले मलाई थप उत्साह मिलेको छ ।’

‘रिहाना’ लेखक र निर्देशक सुरज पौडेल हुन् । यसमा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा रहेका छन् । ‘अ दुम्सी पिक्चर्स पोडक्सन’को ब्यानरमा बनेको यस लघु फिल्मका निर्माताहरु उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसाल हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ३५ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका