कोशीमा पत्रकारको माग सम्बोधन गर्न माओवादीको माग « Khabarhub

कोशीमा पत्रकारको माग सम्बोधन गर्न माओवादीको माग


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार सम्वद्ध संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ ।

कोशी प्रदेशसभा बैठकमा आइतबार बोल्दै पार्टीका सांसद दुर्गाप्रसाद चापागाईंले पत्रकार र सञ्चार सम्वद्ध सस्थाका आवज सुन्न र उनीहरुका माग सम्बोधन गर्न माग गरे ।

कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा प्रस्तुत गरेको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै पत्रकार महासंघ आन्दोलनमा छ ।

‘प्रदेश आमसञ्चार विधेयक विचाराधीन अवस्थामा छ । प्रदेश भरिका सञ्चारकर्मी/पत्रकारहरु यसका विरुद्धको संघर्षमा छन्’, चापागाईंले भने, ‘म सरकारलाई पत्रकार महासंघ र सञ्चारकर्मीका आवाज सुन्न र माग सम्बोधन गर्न आग्रह गर्दछु ।’

उनले आमसञ्चार विधेयकमा विवाद जारी रहेको र सरकारी कामकाजको भाषासम्बन्धी विधेयक अलपत्र अलपत्र छाडेर प्रदेशसभाको जारी सातौं अधिवेशन अन्त्य गर्न उद्धत रहेको बताए ।

सत्तारुढ कांग्रेस र एमाले संघमा मात्र नभई प्रदेशमा पनि सरकार सञ्चालनमा असफल साबित भइसकेको दाबी उनले गरे ।

उनले प्रतिपक्षी दलका हैसियतमा राम्रो कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै संसद छलेर नभाग्न चुनौती दिए ।

‘संसद् छल्न होइन, नयाँ नयाँ बिजनेस क्रेट गर्नमा लाग्नुहोस् तपाईंहरूलाई रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरु तयार छौं । अन्यथा तपाईंहरूको असमक्षता र असफलताको भागिदार बन्न तयार छैनौँ’, चापागाईंले भने ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ३६ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई