गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि « Khabarhub

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

सोनामले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। सोही अवसरमा फस्ट रनरअप घोषित बबिता थापामगरले १० लाख रुपैयाँ जितिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ हात पारिन्।

त्यस्तै, अभिनय खाती र मृनल मानन्धरले चौथो तथा पाँचौं स्थान हासिल गर्दै दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।

फिनालेमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच कडा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका आधारमा अन्ततः सोनाम विजेता बनेकी हुन्।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : ४८ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्