चितवनमा बस दुर्घटना, ३३ जना घाइते « Khabarhub

चितवनमा बस दुर्घटना, ३३ जना घाइते


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन– गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।  दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो । घाइते सबैको अवस्था सामान्य छ ।  

टिकौली जंगलमा बा. प्र.०३०० ख ०१२३ नम्बरको बस दुर्घटना भएको हो । बस पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएर सडकमा पल्टिएको थियो ।

सहप्रवक्ता थापाका अनुसार उक्त बस जनकपुरबाट आउँदै गरेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको यात्रु बसमा समेत ठोक्किएको थियो ।

दुर्घटना भएको बसलाई हटाएर अहिले यातायात सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ३८ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति