काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू « Khabarhub

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने जानकारीसमेत सूचनामा गरिएको छ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

शुक्रबार सूचना सार्वजनिक गर्दै महानगरले यस्तो अनुरोध गरेको हो। यसअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको यो अभियान विभिन्न विवादका कारण रोकिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४९ बजे

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ