निरन्तरको वर्षाले मेची राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

निरन्तरको वर्षाले मेची राजमार्ग अवरुद्ध


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फिक्कल– बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

 विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् । 

मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ देखि १५ गतेसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ०७ बजे

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी

सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा

डिजेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत (सूचीसहित)

काठमाडौँ- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपाल