न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन « Khabarhub

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका सबै अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । 

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२-०६-२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यबापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै हालसम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स बिमला पौडेलले बताइन्।

अहिले बिहान १० देखि १२ बजेसम्ममात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले कार्तिक १८ गते सम्म पनि सुनवाई नभए कडा आन्दोलन जान सक्ने बताएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ४८ बजे

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ