अनमोलले दिए करिअरकै हिट फिल्म, ‘जेरी अन टप’ टिमले काट्यो केक « Khabarhub

अनमोलले दिए करिअरकै हिट फिल्म, ‘जेरी अन टप’ टिमले काट्यो केक


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टारर प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले १० करोड ग्रस कलेक्सन कटाएपछि निर्माण पक्षले खुसी मनाएको छ ।

निर्माण टिमले शुक्रबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा केक काटेर खुसी मनाएको हो ।

कार्यक्रममा अनमोल, नायिकाहरु जसिता गुरुङ, नायक भुवन केसी, कलाकार केदार घिमिरे उपस्थित थिए । शीर्ष तीन कलाकार अनमोल, जसिता, आँचल र निर्देशक सुयोग गुरुङले केक काटेका थिए ।

‘जेरी अन टप’ अनमोलको दशक लामो करिअरकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो ।

यो ११ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो ।

यो फिल्म गत असोज ३१ बाट हलमा लागेको थियो । अहिले पनि उच्च अकुपेन्सी र शोका साथ प्रदर्शनरत छ ।

थप तस्बिरहरु :

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १२ : ५३ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री