माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी « Khabarhub

माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि नेताहरूमा असन्तुष्टि चुलिएको छ।

अध्यक्ष नेपालले काठमाडौंमा तीन दिनदेखि जारी तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा बहुमतमार्फत् माओवादीसँग मिल्ने निर्णय गर्न लागेपछि नेताहरू विद्रोहका लागि तयार भएका हुन् ।

पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने बताइरहेको अवस्थामा माओवादीसँग एकता भए विपक्षमा उभिने बताएका हुन् ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकमा ३२ जना नेताहरूले धारणा राखेका थिए। जसमा २१ जना नेताहरूले पार्टी एकीकृत गरेर अगाडि जानुपर्ने माग राखे । नेताहरूका अनुसार २८ जना नेता माओवादीसँग एकता गर्ने विपक्षमा थिए।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र स्थायी कमिटी सदस्य लक्ष्मण लम्साल लगायतका नेताले नेपालले माओवादीसँग पार्टी मिलाए विद्रोह गर्ने चेतावनी दिए

लम्सालले माधव नेपाल र झलनाथ खनालले नै पार्टीबाट सम्मानजनक बिदा लिएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग राखे ।

पार्टी केन्द्रीय सदस्य तथा अनेरास्ववियूकी पूर्वअध्यक्ष आरती लामाले इतिहासले फेरि नयाँ मोड लिने संकेत गर्दै समाजवादी माओवादीसँग मिले नयाँ धार सोच्ने बताएकी छन् ।

को को छन् विपक्षमा ?
झलनाथ खनाल, सम्मानित नेता
घनेन्द्र बस्नेत, वरिष्ठ नेता
घनश्याम भुसाल, महासचिव
विजय पौडेल, स्थायी कमिटी सदस्य
रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य
जीवनराम श्रेष्ठ, स्थायी कमिटी सदस्य
लक्ष्मण लम्साल, पोलिटब्युरो सदस्य
अब्दुल हुसैन, पोलिटब्युरो सदस्य
अशेष घिमिरे, पोलिटब्युरो सदस्य
दामोदर अर्याल, पोलिटब्युरो सदस्य
धर्म निरौला, पोलिटब्युरो सदस्य
महेश रेग्मी, पोलिटब्युरो सदस्य
आरती लामा, केन्द्रीय सदस्य

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : ०१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री