झापा महिला गोल्डकप सोमबारदेखि « Khabarhub

झापा महिला गोल्डकप सोमबारदेखि


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बनियानी– ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । 

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । 

यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । 

प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ  प्रदान गरिने आयोजक समितिले जनाएको छ । 

प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । 

प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : १९ बजे

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ