जेन-जीको प्रदर्शन आन्दोलन होइन, नागरिक विद्रोह हो : रेशम चौधरी « Khabarhub

जेन-जीको प्रदर्शन आन्दोलन होइन, नागरिक विद्रोह हो : रेशम चौधरी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले भदौ २३ र २४ को जेन-जीको प्रदर्शन आन्दोलन नभएर नागरिक विद्रोह भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको राजनीतिक संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जेन-जी आन्दोलनको उपलब्धि आगामी बाटो र निकास विषयक’ राजनीतिक संवाद गर्दै चौधरीले भने, ‘जेन-जी आन्दोलन हो भनेर कसले भन्यो ? यो त नागरिकको विद्रोह हो । तर जेन-जी भाइबहिनीहरू आकाश धमिलो छ पानी पर्न पनि सक्छ रोकिदिन पनि सक्छन् । तपाईंहरू चनाखो हुनैपर्छ।’

चौधरीले थारु समुदायमाथि पटकपटक हमला भएको भन्दै आफू कैलालीको टीकापुर घटनामा संलग्न नभए पनि आठ वर्ष लामो जेल बस्नुपरेको गुनासो गरे ।

हात-खुट्टामा फलामको साङ्ग्ली बाँधेर अस्पतालमा उपचार गराएको स्मरण गर्दै उनले आफूलाई त्यसबेला डा. बाबुराम भट्टराईले राहत दिएको चौधरीले स्मरण गरेका छन्।

चौधरीले यसो भनिरहँदा पूर्वप्रधानमन्त्री भट्टराई पनि कार्यक्रमको मञ्चमै थिए।

रास्वपाको राजनीतिक संवादमा जनमत पार्टीका पूर्व प्रवक्ता शरदसिंह यादव पनि देखिएका छन्। यादवले एक महिना अगाडि जनमत पार्टी छोडेको घोषणा गरेका थिए। उनी रेशम चौधरीको पार्टीमा जाने या नजाने टुङ्गो लागेको छैन।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ०३ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार