बाबुरामले भने- रविलाई कुनै तरिकाले जेलबाट निकालौँ « Khabarhub

बाबुरामले भने- रविलाई कुनै तरिकाले जेलबाट निकालौँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा. बाबुराम भट्राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै ढंगले कारागारबाट निकाल्नुपर्ने बताएका छन् ।

रास्वपाले शुक्रबार काठमाडौंमा गरेको ‘बृहत् राजनीतिक संवाद’लाई सम्बोधन गर्दै उनले रविमाथि अन्याय भयो कि भन्ने लागेर आफूले पनि हस्ताक्षर गरेको बताए ।

रविले बाहिर आएरै मुद्दा खेप्दा न्यायपूर्ण हुन्छ भन्ने आफूलाई लागेको डा. भट्टराईले बताए । ‘उहाँको मुद्दामा बाहिर रहेर फेस गर्ने वातावरण बन्न सक्दा राम्रो हुन्छ । उहाँमा जुन क्षमता, प्रतिभा छ, त्यसको प्रयोग पनि हुन पाउँथ्यो भन्ने मलाई लागेको छ।’

उनले त्यहाँ उपस्थित अन्य दलका नेतालाई पनि सबैजनाले न्यूनतम् कुरामा सहमति गरेर एउटै पार्टी बनाउन सुझाएका छन् । उनले सीके राउत, स्वर्णिम वाग्ले, रेशम चौधरीलगायतलाई एउटै मोर्चामा गोलबद्ध हुन आग्रह गरे ।

‘रविजीलाई पनि कारागारबाट निकालौँ कुनै तरिकाले । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ । त्यससँगै सीकेजी (सीके राउत), स्वर्णिमजी (स्वर्णिम वाग्ले), रेशमजी (रेमश चौधरी), दुर्गाजी (दुर्गा प्रसाईं) हरूका ‘कलेक्टिभ’ टिम बनाएर जाने हो भने कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीहरुले जनतालाई ठग्न पाउँदैनन् ।’

उनले पुराना दलहरूले जनतालाई ठगेर दुर्दशामा पुर्‍याएका बताउँदै त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिने तर्क पनि गरे ।

नेता भट्टराईले कांग्रेस–कम्युनिस्टलाई परास्त गर्न नयाँ र वैकल्पिक भनिएका सबै दल एक ठाउँमा आउनुपर्ने बताए ।

नेपाली कांग्रेस र कम्युनिष्ट भनिएका दलको तलसम्म दह्रो जरा रहेको उनले बताए । ती जरा हल्लिए पनि पूरै उखेलिन भने बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : १७ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब