निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित « Khabarhub

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित भएको छ।

आगामी पुस १६ गते नियमित महाधिवेशन (पन्ध्रौँ) गर्ने कार्यतालिकालाई लिएर संस्थापन र इतर पक्षबीच विवाद चर्किएपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो । नेता डा. शेखर कोइराला पक्षले उक्त प्रस्ताव बैठकमा लैजानुपर्ने कुरामा जोडबल गरेको थियो।

त्यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनको निवास गल्फुटारमा भेटेर संवाद गरेका थिए। आगामी पुस १६ गते नियमित महाधिवेशन गर्ने तालिका नेता शेखर कोइराला पक्षले विशालनगरस्थित सम्पर्क कार्यालयमा निर्माण गरेका थिए ।

उक्त तालिकालाई महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्न चाहेका थिए । तर उक्त प्रस्ताव अघि बढाउन कार्यवाहक सभापति खड्का तयार भएनन् । उनले चुनाव अगाडि महाधिवेशन हुन नसक्ने अडान राखेपछि बैठक नै रोकिन पुगेको हो ।

कार्यवाहक सभापति खड्काले फागुन २१ को चुनाव अगाडि पार्टी महाधिवेशन गर्न नमानेपछि आजलाई निर्धारित बैठक स्थगित भएको हो।

‘महामन्त्रीद्वयले निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका कार्यवाहक सभापतिसमक्ष पुर्‍याउनुभएको थियो । तर यो विषयमा कार्यवाहक सभापतिले सहमति नजनाएपछि बैठक स्थगित भएको छ’, कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खबरहबलाई भने, ‘चुनावअगाडि पार्टीको नियमित महाधिवेशन गर्नका लागि यो बैठकले कार्यतालिका पास गर्नुपर्ने थियो।’

तर उक्त कुरामा कार्यवाहक सभापति नमानेपछि बैठक स्थगित भएको हो। ‘कार्यवाहक सभापतिले थप छलफल गरेर यसबारे निर्णय लिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौं’, उनले भने ।

कांग्रेसमा संस्थापन पक्ष निर्वाचन अगाडि कुनै हालतमा विशेष वा नियमित महाधिवेशन नगर्ने पक्षमा छ। तर संस्थापन इतर कोइराला पक्ष भने निर्वाचन अगाडि पुसभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ ।

आगामी पुस १६ गतेबाट सुरू हुनेगरी पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका लिएर शुक्रबार बिहान महामन्त्रीद्वय थापा र शर्मा कार्यवाहक सभापति खड्काको निवासमा पुगेका थिए।

तर खड्काले चुनाव अगाडि महाधिवेशन हुन सक्दैन भनेपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो।

कांग्रेस स्रोतका अनुसार खड्काले निर्वाचन अगाडि कुनै हालतमा नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नसकिने अडान छाडेका छैनन्।

खड्काले निर्वाचनको तयारी गर्न समय नपुग्ने भन्दै अहिले महाधिवेशन भन्दा निर्वाचन तयारीमा पार्टी होमिनुपर्ने बताइरहेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : २७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन