‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी « Khabarhub

‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक सञ्जालमा राख्ने प्रवृति बढ्दो छ ।

त्यस्ता भिडियोले दर्शकले ‘मन छुने कथामा फिल्म बनेछ’ भनेर हलमा हेर्न पुग्छन् तर, उनीहरुले निराश बनेर फर्किन्छन् ।

दीपक आचार्य ‘काकु’को डेब्यू लेखन र निर्देशनमा बनेको फिल्म ‘परान’ हेरर दर्शक रोएको भिडियो सामाजिक सञ्जालमा नआउँला भन्न सकिन्न ।

किनकि प्रिमियर शो हेर्न बिहीबार सुन्धार पुगेका अतिथिले फिल्म हेरेपछि प्रतिक्रिया दिए, ‘फिल्मको कथा नै त्यस्तै छ । मन गाँठो पारिहाल्छ । आँखामा आशु भरिएको थाहै हुँदैन ।’

रोएर आँखा राता नपार्ने अतिथि कमै थिए ।

प्रिमियरका अतिथिलाई फिल्मले मध्यान्तरमा नै रुवायो । मध्यान्तरको ब्रेक बाहिर निस्कँदा निर्देशक आचार्यलाई अंकमाल गेरर केही अतिथिले भन्द थिए, ‘आधीमै रुवाउनुभयो । गज्जब बनाउनुभयो ।’

मध्यान्तरमै दीपकले आफू निकट अतिथिबाट फिल्म राम्रो बनाएको भन्दै बधाई पाइसकेका थिए ।

वृद्ध बाले जीवनको उतारद्धमा सन्तानको साथ खोज्ने घटनालाई पर्दामा उनले उचित ढंगले उतारेका छन् ।

फिल्म हेरेपछि फिल्मका शीर्ष कलाकार नीर शाहको पनि आँखामा आशु थामिएन । कलाकार पूजा चन्द पनि रोइरहेकी थिइन् ।

निर्देशक दीपक पनि रोइरहेका थिए । उनले भने, ‘आमलाई लिएर आएको थिएँ । उहाँ रुन लाग्नुभयो । त्यसपछि मेरो पनि मन थामिएन ।’

फिल्म हेर्दा अतिथि रोए पनि दीपकमा गलत सन्देश जान्छ कि भन्ने डर थियो । उनले भन्न भ्याए, ‘अहिले फिल्म हेर्दा रोएको दृश्य देखाउने गलत प्रवृति छ । कतै गलत सन्देश जान्छ कि भन्ने डर थियो र नरुन प्रयास गरेको थिए । तर, अवस्था नै त्यस्तो बन्यो ।’

फिल्म हरेपछि मिडियासँग साक्षात्कार गरेका कलाकारहरुले फिल्म समय सान्दर्भिक वैदेशिक रोजगारीको विषयमा बनेको प्रतिक्रिया दिए ।

आशु रोक्न नसकेको उनीहरुको प्रतिक्रिया छ ।

वरिष्ठ कलाकार हरिवंशको ‘परान’ले आफ्नो मन जितको प्रतिक्रिया दिए । उनले थपे, ‘मेरा मात्रै होइन हलमा सबैको आँखा रसाएको छ । पहिलो निर्देशनमै दीपक भाइले राम्रो काम गर्नुभएको छ ।’

गायक रामकृष्ण ढकालले आफू फिल्म हेर्दा पटक–पटक रोएको बताए । उनले भने, ‘एकदमै राम्रो फिल्म । दुई–तीन ठाउँमा आशु पनि खस्यो ।’

कलाकार भरतमणि पौडेलले ‘परान’ हाम्रै समाजको कथामा बनेको फिल्म रहेको बताए । उनले भने, ‘यो कथालाई मैले रिलेट गर्न सकेँ । गाउँ समाजले भागेको र देखिरहेको घटना हो यो ।’

अर्का कलाकार सुमन कोइरालाले भने धेरैपछि मन छुने फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । भने, ‘‘पशुपति प्रसाद’ पछि सबैभन्दा बढी मन परेको फिल्म यही हो ।’

हेर्नैपर्ने सिनेमाको ‘परान’को नाम दर्ज हुनेमा उनको आकलन छ ।

कलाकार पवन खतिवडालाई भने ‘परान’को घटना आफ्नै जीवनमा घट्छ कि भन्ने डरले झस्काए छ ।

उनले भने, ‘मलाई साँच्चिकै भावुक बनायो । मेरो जीवनमा परानको घटना नहोस् । हुन्छ कि भन्ने डर लाग्यो ।’

यस फिल्मको लेखक निर्देशक दीपक आफैँ हुन् । फिल्ममा नीरसहित नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

व्यवसायी शेखर गोल्छा र रञ्जन आचार्यको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यस फिल्ममा लगानी गरेको हो ।

थप तस्बिरहरु :

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : २४ बजे

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला