बर्सातले खेतमै सड्न थाल्यो धान « Khabarhub

बर्सातले खेतमै सड्न थाल्यो धान


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्‍याएको छ । 

थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । 

बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्‍याएको पौवादुङ–२ का किसान राजन ढकालले बताए । धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उनको भनाइ छ । 

‘धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,’ उनले भने, ‘बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ । यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ ।’ 

ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ । 

किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताए । थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उनको भनाइ  छ । 

‘हामीले वर्षभरको पसिना पोख्यौँ,’ उनले भने, ‘तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो । खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ ।’

लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ४७ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु