‘विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ’ « Khabarhub

‘विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथाशक्य छिटो समाधान गर्न अनुरोध गरेका हुन् ।    

यसैगरी उनले आर्थिक क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानीको वातावरण बिग्रिएकाले सुरक्षाव्यवस्था सुनिश्चित गर्न र विद्युत् कटौतीसम्बन्धी समस्या समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ५५ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु