मा‌ओवादीमा प्रचण्ड-जनार्दन टकराव छताछुल्ल, सुशीलाले सुदनलाई लगाइन् गम्भीर आरोप « Khabarhub

मा‌ओवादीमा प्रचण्ड-जनार्दन टकराव छताछुल्ल, सुशीलाले सुदनलाई लगाइन् गम्भीर आरोप


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्मा प्रभाकरबीचको विवाद छताछुल्ल हुन थालेको छ ।

मंसिरमा विशेष महाधिवेशन गरेर फेरि अध्यक्षमा फर्किने योजनासहित कमिटी बिघटन गरेर संयोजक भएका प्रचण्डविरुद्ध जनार्दनले दुई लाइन संघर्ष बढाउँदै गर्दा तनाव पनि चुलिएको हो ।

जनार्दनले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको एकतामा भाँजो हालिदिएको कुरा माओवादीमा उठिरहेका बेला सामाजिक सञ्जालमै हिलो छ्यापाछ्याप हुन थालेको हो ।

यदि प्रचण्डले एकीकृत समाजवादीसँग एकता गरेमा विद्रोहसम्म गर्ने तयारीमा रहेको जनार्दन समूहका एकजना नेतालाई प्रचण्डनिकट नेतृले गम्भीर आरोप लगाएकी छन् ।

पूर्वपर्यटन राज्यमन्त्रीसमेत रहेकी सुशीला श्रीपालीले आफूसँगै पर्यटनमन्त्री रहेका सुदन किरातीमाथि सामाजिक सञ्जालबाटै पशुपतिनाथ मन्दिर परिसरमा विद्युतीय शवदाह मेशिन जडान गर्दा घुस खाएको गम्भीरआरोप लगाएकी हुन्।

फेसबुकमा केशव रावलले सुदनबारे पोस्ट गरेको लामो भनाइ शेयर गर्दै श्रीपालीले आफ्नै पालामा मन्त्री रहेका किरातीमाथि भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाएकी हुन् ।

‘…यति मात्रै होइन, पर्यटन मन्त्री हुँदा पशुपतिनाथ परिसरमा शवदाह मेशिन जडानका क्रममा कति घुस खाएको त्यो जानकारी पनि यति इमानदारले पार्टीमा भन्नु पर्ने होइन र’, उनले भनेकी छन्, ‘१०० चुहा खाएर बिल्ली (बिरालो) हज चल्यो’ भनेको यस्तै यस्ताले गर्दा होला !’

त्यसअघि सुदनमाथि भोजपुरमा उनको राजनीतिक इतिहास कोट्याउँदै माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका केशव रावलले विभिन्न आरोप लगाएका थिए ।

जनार्दनकै गृहजिल्लाका माओवादी कार्यकर्ता उनले पनि फेसबुकमार्फत् नै सुदनमाथि अनेक प्रश्न उठाएका छन् ।

यस्ता छन् रावलका अनेक आरोप

भोजपुरमा नेकपा एमालेको २२,९४०, नेपाली कांग्रेसको १४,७७६, माओवादीको १२,७५० समानुपातिक भोट छ । कमरेड सुदन किराँतीले २०६४ मा जिते, २०७० मा हारे । २०७४ मा एमालेको तालमेलबाट जिते । २०७९ मा कांग्रेससँगको तालमेलबाट जिते । २०७९ मा जितेपछि पर्यटन मन्त्री बने ।

कमरेड किरातीलाई मेरो प्रश्न छ, पर्यटन मन्त्रीबाट निस्कनुभन्दा एक दिनअगाडिसम्म माओवादी ठिक, मन्त्रीबाट निस्केकै दिनदेखि माओवादी रुपान्तरण हुन नसक्ने कसरी भयो ? कसले गरायो ४/४ पटक सिन्डिकेट लगाएर टिकट लिने तपाईं, पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै सत्ताको भत्तामा, मैमत्ता गरेको हिसाब पार्टी कार्यकर्ताले खोज्नु पर्छ कि पर्दैन ? तपाईं माओवादी रुपान्तरण हुँदैन भन्दै थप अवसरको खोजीमा निस्किन नखोज्नुहोस् । तपाईंलाई ४/४ पटक सांसद बनाउन ज्यान फ्याँक्ने सुन्दर समाजको सपना बोकेका भोजपुरे माओवादी कार्यकर्ताको हली बस्नुहोस् । माओवादी रुपान्तरण उनीहरू गर्छन् ।

खबरदार भाग्ने, लुक्ने कोशिश नगर्नुहोला । माओवादी रुपान्तरण हुन्छ, गर्नुपर्छ । तपाईंहरू जस्ता पार्टीको हरेक अवसरमा डुबुल्की मार्दै, सत्ताको भत्तामा मैमत्ता भएको जत्थालाई दाम्लोले बाँधेर गाउँ-गाउँ घुमाएर जनतासँगको हिसाब मिलान गरेर भए पनि माओवादी रुपान्तरण गरिन्छ, गर्नुपर्छ, गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ५६ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको