जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम « Khabarhub

जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर नरसंहार गरेको भन्दै त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताए ।

उनले जेन-जी आन्दोलन नेतृत्व विहीन हुँदा त्यसले अर्कै रूप लिएको पनि बताए । जेन-जी आन्दोलनपछि गरिएको संसद् विघटन असंवैधानिक भएको भन्दै सिंहले अदालतले पुनर्स्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले संसद् पुनर्स्थापना नभएर निर्वाचन हुने वातावरण बने आफूहरूको समर्थन हुने बताए ।

उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको समेत उल्लेख गरे । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ४२ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र