वामदेवले भने- सबै कम्युनिस्ट पार्टी नमिले सकिन्छौँ, एमालेसँग पनि मिल्न तयार हुनु पर्छ « Khabarhub

वामदेवले भने- सबै कम्युनिस्ट पार्टी नमिले सकिन्छौँ, एमालेसँग पनि मिल्न तयार हुनु पर्छ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सबै कम्युनिस्ट शक्ति नमिले सकिएर जाने बताएका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले भारतको उदाहरण दिँदै कम्युनिस्ट शक्ति नमिले सकिने बताए ।

‘हामी साना-साना शक्ति मिल्नै पर्छ । अझ सबै कम्युनिस्ट मिल्नुपर्छ, एमालेसँग पनि एकता गर्न तयार हुनुपर्छ। त्यसपछि ठूलो विद्रोह गर्न सकिन्छ’, उनले भने, ‘मैले त पहिलेदेखि नै एकता अभियान चलाइरहेको थिएँ। भारतमासमेत गएर कम्युनिस्ट शक्तिको एकताबारे त्यहाँका साथीहरूसँग कुरा गरेर अनुभव लिएँ ।’

उनले नेकपाकालमै आफूले नेतृत्व हस्तान्तरणको मुद्दा उठाएको पनि बताएका छन् । ‘म जुनसुकै बेला पनि हट्न तयार छु । मैले त्यसबेला भनको थिएँ, मसँगै झलनाथ पनि रिटायर्ड हुनुपर्छ । पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली पनि रिटायर्ड भएर नयाँ व्यक्ति आउनुपर्छ’, उनले बैठकमा भने, ‘मैले त्यही बेला पार्टीको निर्णय मानेर छाड्न तयार छु । अरूले पनि तयार भएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भनेको हो ।’

गौतमले पार्टीको निर्णय मान्न आफू तयार रहेको बताए । उनले पार्टीले जुन जुन दस्तावेज अघि सारेको छ, त्यो सबै बोक्न तयार रहेको बताए ।

उनले पछिल्लो पटक एमालेसँग एकता वार्ता बिग्रिएपछि आफू समाजवादीमा आएको बताए । ‘एमालेमा गएपछि के होला, कसो होला, नयाँ धेरै साथीहरू होलान्, अलमलमा परुँला भन्ने थियो’, उनले भने, ‘तर यता आएँ । यहाँ त झन् झन धेरै चिनेका, बुझेका साथीहरू हुनु हुँदो रहेछ ।’

बहुदलीय प्रतिस्पर्धाको प्रणालीमा अगाडि बढिरहेको पार्टीलाई बचाउने ठूलो चिन्ता आफूलाई रहेको उनले बताए । ‘मैले दिल्लीमा गएर मैलेछलफल गरेँ । एकीकरण कसरी गर्ने, साना साना पार्टी मिल्ने उपाय खोजेँ । उताका साथीहरूले पनि हामी नमिले सकिन्छौँ भनेका थिए’, उनले भने, ‘यहाँ पनि हामीले बुझेर पनि जानुपर्छ भनेको हुँ। यहाँसम्म कि हामीले एकता गर्दै गर्दा एमालेसँग पनि मिलेर जानुपर्छ । त्यहाँबाट पनि विद्रोह भएर एउटै ठूलो पार्टी बनाएर छोड्नेछौँ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ५७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका