साप्ताहिक अर्थसंक्षेप: तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण बढ्यो, वीरगञ्जबाट ३८ अर्बको पेट्रोलियम आयात, २ सय मेगावाट विद्युत् खेर जाँदै र सार्वजनिक संस्थानलाई दुई समूहमा बाँडिने | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप: तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण बढ्यो, वीरगञ्जबाट ३८ अर्बको पेट्रोलियम आयात, २ सय मेगावाट विद्युत् खेर जाँदै र सार्वजनिक संस्थानलाई दुई समूहमा बाँडिने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ ।

कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड छ ।

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

वरुणको नेतृत्वमा चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

‘जेन-जी’ प्रदर्शनको क्षति हेर्न ४४ जिल्लामा ३८ टोली परिचालन

वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ ।

जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए।

वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट रु छ अर्ब ९६ करोड राजस्व संकलन भएको छ ।

पोखरा-मुग्लिन सडक : भौतिक प्रगति ५९ प्रतिशत

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै

भारत र नेपालबीच नयाँ प्रसारण लाइनका लागि संयुक्त लगानी सम्झौता

नेपाल र भारतबीच दुई नयाँ अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी (जेभी) सम्झौता हस्ताक्षर गरिएको छ।

सम्झौतामा भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल) र नेपाल विद्युत् प्राधिकरण (एनईए)का अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौता भारतका ऊर्जामन्त्री मनोहर लाल र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा सम्पन्न भएको हो।

अपाङ्गमैत्री विद्यालय भवन निर्माण

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।

गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानका रुपमा अघि बढाइने भएको हो ।

तरकारीमा विषादीको मात्रा बढ्दो

पर्यटक भन्छन्– ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

नेपाल विद्युत् प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत् खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन् ।

उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत् नियमित रूपमा खेर गइरहेको अवस्थामा धेरै विद्युत् खपत गर्ने दुई दर्जन ठूला उद्योगमा एकै पटक लाइन काटिदिएपछि कम्तीमा थप २०० मेगावाट विद्युत् खेर जान थालेको छ ।

अहिले वर्षातको समय सकिन लागेको तर सुख्खायाम सुरु नभइसकेको बेला भएकोले यति बेला सबैजसो आयोजना करिब पूर्ण क्षमतामा सञ्चालन हुने बेला हो ।

यति बेला पूर्ण क्षमतामा चलेका आयोजनाले बैंकलाई वर्षभरी तिर्न पुग्ने सावाँ ब्याज कमाउने बेला पनि यही हो । जेन-जी आन्दोलनको क्रममा देशभरका निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएपछि विद्युतको माग उसै पनि घटिरहेको थियो । सरकारले यहिबेला विद्युत् खपत गर्ने ठूला उद्योगको लाइन काटिदिएपछि ऊर्जा आयोजनाको ठूलो विद्युत् खेर जान थालेको हो ।

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँ बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए ।

उनले भने, ‘वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।’ जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ।

केन्द्रले होटलको उक्त कदमलाई श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो।

होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गर्ने गरी कात्तिक २ गते सूचना जारी गरेको थियो।

जेटीयूसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा होटल प्रशासनले सरोकारवालाहरुसँग छलफल नगरी सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको विषय नेपालको प्रचलित श्रम कानून विपरीत भएको उल्लेख छ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन

वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

दोलखाको मिर्गेबाट वार्षिक डेढ करोडको अलैँची निर्यात

जिल्लामा यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गत वर्ष प्रतिकेजी १९ सय रुपैयाँमा बिक्री हुने गरेको अलैँचीको मूल्य यस वर्ष ३ सय रुपैयाँले वृद्धि हुँदै यस वर्ष प्रतिकेजी २ हजार ३ सय रुपैयाँसम्ममा घरबाट नै बिक्री भएको वैतेश्वर-३ मिर्गे जैनालुका किसान जितबहादुर तामाङ बताउँछन् ।

मिर्गेबाट वार्षिक डेढ करोड बराबरको अलैँची उत्पादन तथा निर्यात हुने गरेको छ । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष गिरावट आएको तामाङले बताए । उनका अनुसार यस वर्ष अलैँचीको मूल्य राम्रो छ ।

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभरि १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

१९ प्रतिशतले बढ्यो आयात, आयात निर्यातमा सोयाबिन तेल अगाडि

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले आयात बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ९० करोड ७५ लाख २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म नेपालबाट ३८ अर्ब ३७ लाख ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।

यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : १२ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी