प्रधानमन्त्री भन्छिन्ः झापामा अरु कमजोर भए, चुनावबाट दुर्गा प्रसाईँ आउन सक्छन् « Khabarhub

प्रधानमन्त्री भन्छिन्ः झापामा अरु कमजोर भए, चुनावबाट दुर्गा प्रसाईँ आउन सक्छन्


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले झापामा पुराना नेता र दलको अवस्था कमजोर भएको टिप्पणी गरेकी छन्।

शुक्रबार साँझ सम्पादकहरुसँगको छलफलमा कार्कीले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि झापामा पुराना नेता र दलको अवस्था झनै कमजोर हुँदा दुर्गा प्रसाईँहरु भने बलियो भइरहेको बताएकी हुन्।

केपी ओलीप्रति ईंगित गर्दै उनले भनिन्, ‘पुराना नेताको शक्ति घटिसक्यो। आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी। अराजक कुरा गर्न पाइँदैन। तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन्। भव्य समूह छ उनको भन्ने सुन्दैछु। समर्थकहरू पनि तयार भएका देखिन्छन्। झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ। उनले चुनाव जित्न पनि सक्छन्।’
कार्कीले प्रसाईँलाई दल खोलेर चुनावमा जान पनि सुझाव दिइन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ४९ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको