११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए « Khabarhub

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्।

एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफन्त धनवीर सुनारले बताए।

’घरका लागि बिजुलीको मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो। प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो,’ उनले भने।

पर्वसिंहको कात्तिक ७ गतेदेखि नियमित खोजी भइरहेकामा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

’लामो समयसम्म पर्वसिंह घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए। निवेदन दिए लगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो,’ उनले भने।

पर्वसिंहको शव भेटिएको भन्ने जानकारी आए लगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

पर्वसिंहको शव परीक्षणका लागि सदरमुकाम सिमकोट ल्याइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : १७ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा