शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू) « Khabarhub

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केही दिनदेखि सवारी साधनको लामो लाम लागेको छ । शीतलहरले राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार विस्तारै विस्तारै सवारी साधनहरूको जाम कटाए पनि बाक्लो हुस्सुसहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्ड तर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।

नारायणगढ बुटवल सडकखण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनिएर विकास खनालका अनुसार सडक निर्माण भइरहेको स्थानमा शीतलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ ।

अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सूचना अधिकारी खनालले बताए ।

आयोजनाले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन  नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै  बुटवल जान सक्नेछन् ।

यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरू  काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । सो क्षेत्रमा शीतलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारी साधनहरू सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : २२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई