भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार  « Khabarhub

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 



आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ । किन कि तीन दशकमा पटकपटक सरकार फेरिए । संविधान पनि बन्यो तर नागरिकको दैनिकीमा स्थायित्व आएन । यसको मूल कारण शासन प्रणालीभन्दा पनि राजनीतिक संरचनाको अस्पष्‍टता हो । देशमा राजनीतिक दल धेरै छन् । तर तिनीहरूमा वैचारिक स्पष्टता छैन ।

देशमा बारम्बार निर्वाचन हुन्छ र सरकार पनि बन्छन् । तर देशको मूल नीतिमा निरन्तरता रहँदैन । परिणामस्वरूप लोकतन्त्र अभ्यासमा कमजोर हुँदै गएको अनुभूति आम नागरिकमा दिनानुदिन बढ्दैछ । नेपाली कांग्रेस, एमाले र माओवादी आआफ्नै इतिहास र आधार भएका दल हुन् । तर यिनै दलहरू गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा अब बाधकजस्ता देखिन थालेका छन् ।

नयाँ दल पनि यदि संरचनागत सुधारभन्दा व्यक्ति केन्द्रित राजनीतिमा सीमित भए भने आम जनतामा निराशा थप गहिरिनेछ ।

अब यो कटु सत्य स्वीकार नगरी अघि बढ्न सकिँदैन । रास्वपा र हर्क साम्पाङको श्रम संस्कृति पार्टी जस्ता नयाँ दलहरूको उदय पुराना दलप्रतिको बढ्दो असन्तुष्टि र विकल्पको खोजीको सङ्केत हो । तर नयाँ दल पनि यदि संरचनागत सुधारभन्दा व्यक्ति केन्द्रित राजनीतिमा सीमित भए भने आम जनतामा निराशा थप गहिरिनेछ ।

त्यसैले अब नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका नयाँ पुराना सबै गणतन्त्रवादी शक्तिहरूले पार्टी एकीकरण गर्नुपर्छ । विचार नमिल्नेहरू एकै पार्टीमा बस्नु भन्दा विचार मिल्नेहरू एउटै ध्रुवमा उभिनु आजको आवश्यकता हो । देशका सम्पूर्ण राजसंस्थावादी वा राजतन्त्रवादी शक्तिहरू पनि छरपस्ट नारामा होइन । एउटै वैचारिक ध्रुवमा एकीकृत हुन जरुरी छ ।

अबको नेपालको राजनीति दुई स्पष्ट ध्रुवमा जानु अपरिहार्य देखिन्छ । डेमोक्रेडिट र कन्जरभेटिभ जस्ता दुई वैचारिक ध्रुवमा राजनीति सङ्गठित हुँदा मात्र नागरिकले सचेत भएर कुनै एकको छनोट गर्न सक्छन् ।

व्यक्तिको स्मृतिमा होइन । संस्थाको अवधारणामा आधारित राजसंस्था चाहने हो भने उनीहरूबीच पनि नीति, भूमिका र सीमाबारे स्पष्ट सहमति आवश्यक छ । विभाजित राजसंस्थावाद लोकतन्त्रका लागि विकल्प होइन, केवल असन्तुष्टिको स्वर मात्र हो । यदि गणतन्त्रवादी शक्तिहरू स्पष्ट ध्रुवमा उभिनुपर्छ भने राजसंस्थावादी शक्तिहरू पनि त्यत्तिकै अनुशासित, जिम्मेवार र एकीकृत हुनुपर्ने ऐतिहासिक बाध्यता आजको यथार्थ हो ।

अब राजनीतिक पुनर्संरचनाबारे गम्भीर बहस आवश्यक छ । पार्टी संख्या घटाउनु लोकतन्त्रलाई कमजोर बनाउने कुरा होइन । लोकतन्त्रलाई स्पष्ट बनाउने प्रक्रिया हो । अबको नेपालको राजनीति दुई स्पष्ट ध्रुवमा जानु अपरिहार्य देखिन्छ । डेमोक्रेडिट र कन्जरभेटिभ जस्ता दुई वैचारिक ध्रुवमा राजनीति सङ्गठित हुँदा मात्र नागरिकले सचेत भएर कुनै एकको छनोट गर्न सक्छन् ।

डेमोक्रेटिकले नागरिक स्वतन्त्रता, समावेशिता र संस्थागत लोकतन्त्रको वकालत गरोस् । कन्जरभेटिभले राष्ट्रिय पहिचान, अनुशासन, नीतिगत स्थायित्व र दीर्घकालीन सोच प्रस्तुत गरोस् । राजनीति सधैँ चुनाव, सत्ता र गठबन्धनको खेल मात्र होइन, राजनीति मूलतः विचारको युद्ध हो । समाज कुन दिशामा जान्छ भन्ने प्रश्नको उत्तर डेमोक्रेटिक र कन्जर्भेटिभ विचारधाराको द्वन्द्वमा लुकेको हुन्छ ।

कन्जर्भेटिभहरू भन्छन्– मानिस स्वतन्त्र होइन, जिम्मेवार भएर जन्मिन्छ । समाज प्रयोगशाला होइन, जहाँ प्रत्येक पुस्ताले नयाँ सामाजिक प्रयोग गर्न पाओस् ।

दुर्भाग्य, नेपालमा यो द्वन्द्व विचारको होइन, व्यक्तिमा केन्द्रित भयो र यहीँबाट सङ्कट सुरु हुन्छ । डेमोक्रेटिकहरू भन्छन्– मानिस स्वतन्त्र जन्मिन्छ, त्यसैले राज्यले उसलाई समान अवसर दिनुपर्छ । उनीहरूका लागि परम्परा पवित्र होइन, प्रश्नयोग्य हो । इतिहास उनीहरूका लागि पूजा गर्ने वस्तु होइन, सुधार गर्ने दस्तावेज हो । समानता, समावेशिता र अधिकारको भाषा उनीहरूको मन्त्र हो ।

तर यही भाषा जब अनुशासनबिनाको अधिकारमा रूपान्तरित हुन्छ, तब डेमोक्रेसी स्वतन्त्रता होइन अराजकताको ढोका बन्छ । कन्जर्भेटिभहरू भन्छन्– मानिस स्वतन्त्र होइन, जिम्मेवार भएर जन्मिन्छ । समाज प्रयोगशाला होइन, जहाँ प्रत्येक पुस्ताले नयाँ सामाजिक प्रयोग गर्न पाओस् । परम्परा उनीहरूका लागि बोझ होइन, सभ्यताको मेरुदण्ड हो । राष्ट्र, संस्कृति, परिवार र अनुशासनबिना स्वतन्त्रता खोक्रो हुन्छ भन्ने उनीहरूको तर्क हो ।

डेमोक्रेटिक भनिनेहरू कानूनभन्दा भीडलाई ठूलो ठान्छन् र कन्जर्भेटिभ भनिनेहरू राष्ट्रभन्दा सिंहासनलाई ठूलो ठान्छन् ।

सभ्यता यी दुईको सन्तुलनबाट बन्छ । युरोपले धर्मको अन्धकार चिरेर स्वतन्त्रता भेट्यो तर परम्परा च्यातेर होइन सुधार गरेर । अमेरिकाले स्वतन्त्रता लेख्यो तर संविधानलाई अनुशासनको जञ्जिरले बाँध्यो । त्यहाँ लोकतन्त्र भावनामा होइन, संस्थामा टिकेको छ । तर नेपालमा भने परिदृश्य ठ्याक्कै उल्टो छ । यहाँ डेमोक्रेटिक भनिनेहरू कानूनभन्दा भीडलाई ठूलो ठान्छन् र कन्जर्भेटिभ भनिनेहरू राष्ट्रभन्दा सिंहासनलाई ठूलो ठान्छन् ।

यी दुवैले आफ्नो विचार होइन, आआफ्नो स्वार्थ जोगाइरहेका छन् । उनीहरूका लागि न अधिकार पवित्र छ न परम्परा । पवित्र त केवल सत्ता छ । समस्या डेमोक्रेसीमा या कन्जर्भेटिभ सोचमा पनि छैन । समस्या विचारबिनाको राजनीतिमा छ । जब विचार मर्छ, तब मानिस बाँकी रहँदैन केवल भीड बाँकी रहन्छ । भीडले प्रश्न गर्दैन, भीडले सोध्दैन भीडले बुझ्दैन । भीडलाई केवल इसारा चाहिन्छ ।

आज नेपाललाई न त चिच्याउने लिबरल चाहिएको छ न आँखा चिम्लने कन्जर्भेटिभ । नेपाललाई चाहिएको छ त केवल अनुशासित स्वतन्त्रता र प्रश्न गर्न सक्ने परम्परा ।

एक हात उठ्यो भने हजार हात एकैचोटि उठ्छन् । भीडले ताली त बजाउँछ तर सहीका लागि होइन बलियोका लागि । इतिहास भीडले बनाएको छैन, इतिहास त भीडको विरुद्ध उभिने केही थोरै मानिसले लेखेका हुन् । आज नेपाललाई न त चिच्याउने लिबरल चाहिएको छ न आँखा चिम्लने कन्जर्भेटिभ । नेपाललाई चाहिएको छ त केवल अनुशासित स्वतन्त्रता र प्रश्न गर्न सक्ने परम्परा ।

यदि डेमोक्रेसीले सीमाना नचिन्ने हो भने, राज्य विघटनतर्फ जान्छ । यदि कन्जर्भेटिभ सोचले प्रश्न अस्वीकार गर्ने हो भने समाज पतनतर्फ जान्छ । आज निर्णय गरिएन भने भोलि इतिहासले प्रश्न सोध्नेछ । तिमीहरू स्वतन्त्रता खोज्दै अराजक बनेका हौ कि परम्परा जोगाउँदै दास ?  यो प्रश्नबाट उम्किने अधिकार अब कसैलाई छैन किनकि तपाईं राजनीति बुझ्नुस् या नबुझ्नुस् । तपाईँ राजनीति गर्नुस् या नगर्नुस् । तपाईँलाई राजनीतिले अछुतो छोड्दैन ।

नेपाल आज संकटमा मात्रै छैन, दिशाविहीनताको शिकार पनि भएको छ । यो दिशाविहीनताको मूल कारण भ्रष्टाचार, बेरोजगारी वा अस्थिर सरकार मात्र होइन । बृहत राजनीतिक ध्रुविकरणको अभाव पनि हो ।

अब हामी नेपाली जनता दुई धारमा बाँडिनुको विकल्प छैन । अब भन्नुस् तपाईँ डेमोक्रेटिक या कन्जरभेटिभ । यो कुनै भावनात्मक कुरा होइन । यो नेपाली जनताको काँधमा परेको ऐतिहासिक बाध्यता हो । देश लामो समयदेखि बीचमै अल्झिएको छ । ऐतिहासिक भनिएको माओवादी जनयुद्ध र २०६२/०६३ को आन्दोलनपछि बनेका अनगिन्ती सरकारले न त परिवर्तनलाई संस्थागत गर्न सके । न त देशको इतिहास र परम्परालाई नै संरक्षण गर्न सके । यही ‘मध्यमार्ग’ भन्ने भ्रमले नै नेपाललाई आज यहाँ पुर्‍याएकाे हो ।

आजको जस्तो गठबन्धन केन्द्रित राजनीतिले अस्थिरतालाई निरन्तर दिन्छ किनकि न त यो राजनीति उत्तरदायी छ, न त दिगो नै । नेपाल आज संकटमा मात्रै छैन, दिशाविहीनताको शिकार पनि भएको छ । यो दिशाविहीनताको मूल कारण भ्रष्टाचार, बेरोजगारी वा अस्थिर सरकार मात्र होइन । बृहत राजनीतिक ध्रुविकरणको अभाव पनि हो ।

त्यसैले अब फेरि देश अस्पष्टताको भुमरीमा फस्न हुँदैन । स्पष्ट राजनीतिक ध्रुवीकरणतर्फ अघि बढनुपर्छ । जहाँ विचार टकराओस्, नीति प्रतिस्पर्धा गरोस् र अन्तिम निर्णय जनताले गरून् । यही बाटोबाट मात्रै देशले गति पाउनेछ । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ०० बजे

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित (तस्बिरहरू)

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)