देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल  « Khabarhub

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् । 

बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।  

उनले भने, ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ । निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ ।’

‘निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन’, मन्त्री अर्यालले भने ।

‘आवधिक निर्वाचन नै सुशासनको आधार हो । ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन,’ मन्त्री अर्यालले भने।    

त्यसैले, निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ, मन्त्री अर्यालले स्पष्ट पारे ।  

फाल्गुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोही बमोजिम तयारी भइरहेको अवस्थामा निर्वाचनको माहौल बनिसकेको र समानुपातिक सूचीको नामावली निर्वाचन आयोगमा दर्ता कार्य सम्पन्न भइसकेको छ त्यसैले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको मन्त्री अर्यालले जोड दिए ।

गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेछ ।

निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित नहुने विचारप्रति मन्त्री अर्यालले जोड दिए ।  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की फागुन २१ गतेको चुनाव सम्पन्न गर्न अझै पनि केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प रहेको बताए । 

सुरक्षा निकायको मनोबल उच्च बनाएर र उनीहरूलाई साधन श्रोत सम्पन्न गराएर चुनाव गराउनु अर्को चुनौती रहेको पनि मुख्यमन्त्री कार्कीले बताए । 

प्रदेश सरकारको हैसियतले यो नागरिक सरकारलाई निर्वाचन गराउन आफ्नो प्रदेशको पूर्ण साथ सहयोग रहने समेत मुख्य मन्त्री कार्कीले जानकारी दिए ।     

त्यसै गरी, कोशी प्रदेशकै आन्तरिक मामिला  तथा कानुन मन्त्री रेवती रमण पौडेलले सबै प्रदेश सङ्घ मिलेर अहिले निर्वाचन सफल पार्नु र त्यसका लागि माहौल बनाउनु अहिलेको मुख्य सुरक्षा चुनौती रहेको औँल्याए । 

जेन-जी आन्दोलन पछि कतिपय सार्वजनिक र प्रशासनिक ठाउँहरूमा अझै पनि सुशासन र सेवा प्रवाहमा चाहेको परिवर्तनको अनुभूति गर्न नसकिएको प्रति दुःख प्रकट गरे ।    

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ०३ बजे

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका