गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो « Khabarhub

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ । 

सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो । 

राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए । 

दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग एक करोड ४२ लाख ५३ हजार छ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ । कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ । 

गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्मशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई बसोबासको व्यवस्था मिलाइएको छ । 

यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुरमान श्रेष्ठले बताए ।

ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरूको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार आठ सय ३९ रुपैयाँ रहेको छ । 
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : १२ बजे

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई

लागुऔषधसहित दुईजना भारतीय पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,