बियोन्से आधिकारिक रूपमा अर्बपति भइन् « Khabarhub

बियोन्से आधिकारिक रूपमा अर्बपति भइन्


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व संगीतको क्षेत्रमा आइकन बनिसकेकी बियोन्से गिजेल नोल्स अब आधिकारिक रूपमा अर्बपतिको सूचिमा सूचीकृत भएकी छन् । 

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले उनको कुल सम्पत्ति २.५ अर्ब अमेरिकी डलर रहेको घोषणा गरेको छ । यस सूचीमा बियोन्से पाँचौँ संगीतकर्मी हुन्, जसले संगीत र व्यावसायिक सफलता दुवैमा नयाँ कीर्तिमान राखेकी छन् । उनका पति, हिपहप सुपरस्टार जे-जेड पनि सन् २०१९ मा अरबपतिको सूचीमा पर्न सफल भइसकेका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको सूचीअनुसार बियोन्सेसँगै रिहाना, ब्रुस स्प्रिंगस्टीन र टेलर स्विफ्ट जस्ता चर्चित संगीतकर्मीहरू पनि अर्बपतिमा सामेल छन् । 

यसै महिना फोर्ब्सले बियोन्सेको सम्पत्ति ८०० मिलियन डलर मात्र अनुमान गरेको थियो, तर उनको रेनासा नामक विश्व सांगीतिक भ्रमण (२०२३) ले करिब ६०० मिलियन डलरको आम्दानी गरेपछि उनले अरबपतिको सीमालाई पार गरिन् ।

साथै उनका काउब्वाय कार्टर भ्रमणले ४०० मिलियन डलरभन्दा बढी टिकट बिक्री र ५० मिलियन डलरभन्दा बढी मर्चेन्डाइज बिक्री गराएको अनुमान गरिएको छ । 

यसैबीच, ब्लूमबर्गले गायिका सेलेना गोमेजलाई पनि अर्बपतिमा सूचीबद्ध गरेको बताएको छ, तर फोर्ब्सले यसको आधिकारिक पुष्टि भने गरेको छैन ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ५३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज