काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स प्रहरीले बरामद गरेको छ । धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसको डिक्कीबाट २८ बोरा सामान बरामद गरिएको हो ।
नागार्जुन नगरपालिका–४ बाफलमा गरिएको चेकजाँचका क्रममा २७ बोरामा ४० हजार ५ सय थान टेम्पर ग्लास र एक बोरामा १ सय थान एअरपड्स फेला परेको प्रहरीले जनाएको छ । बरामद सामानको अन्दाजी मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।
बस चालक कञ्चनपुर बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया