चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण « Khabarhub

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचार भ्रामक भएको आयोगको भनाइ छ।

निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको आयोगले स्पष्ट पारेको छ। तोकिएको मितिमा सम्बन्धित निर्वाचन कार्यालयमा जरिवाना रकम बुझाउने उम्मेदवारका हकमा उम्मेदवारी बदर गर्ने वा थप कारबाही नहुने पनि आयोगले जनाएको छ।

आयोगले सम्मानित अदालतबाट अन्यथा आदेश भएका उम्मेदवारको हकमा भने अदालतको आदेशअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तथ्यमा आधारित सूचना प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : २५ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक