मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश घरानाबीच भेटवार्ता भएको छ ।

आज धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागूऔषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने भन्दै प्रमुख रानालाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लागूऔषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए। उनले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए । 

प्रहरी प्रमुख रानाले लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ०६ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना