मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन « Khabarhub

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश घरानाबीच भेटवार्ता भएको छ ।

आज धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागूऔषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने भन्दै प्रमुख रानालाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लागूऔषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए। उनले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए । 

प्रहरी प्रमुख रानाले लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ०६ बजे

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९