जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजनन्द माण्डव्यले सहिद भएका युवाका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।

यसै अवसरमा प्रतिष्ठानले १३औँ राष्ट्रिय पोशाक तथा अन्तरराष्ट्रिय टोपी दिवसको पूर्वसन्ध्यामा ढाका टोपीको प्रतिमा पनि स्थापना गरेको छ । नेपाली पहिचान, संस्कृति तथा परम्परागत महत्व उजागर गर्ने उद्देश्यले उक्त प्रतिमा स्थापना गरिएको अध्यक्ष माण्डव्यले बताए ।

साथै बिहीबार नेपाली पहिचान झल्किने गरी राष्ट्रिय पोशाकमा कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : १९ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६