दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल « Khabarhub

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेको अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।

छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।

त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गरे । साथै, उनले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।

महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : २८ बजे

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)