सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली « Khabarhub

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

द्वन्द्वपीडित बालबालिकाको आग्रह : फेरि हिंसा नहोस्


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव बढिरहेका बेला सर्लाहीको हरिवनमा सद्भाव र शान्तिको पक्षमा र्‍याली निकालिएको छ ।

हरिवन नगरपालिकाको आयोजनामा शुक्रवार बिहान सम्पन्न र्‍यालीले हरिवन बजार परिक्रमा गरेको थियो । र्‍यालीमा द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिका, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पूर्व मन्त्री, वर्तमान सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्लाका अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागी नेकपाकी केन्द्रीय सदस्य आरती लामाका अनुसार द्वन्द्वपीडित बालबालिकाले आफूहरू विगतको द्वन्द्वबाट प्रत्यक्ष रूपमा प्रभावित भएकाले फेरि अर्को हिंसात्मक द्वन्द्वको सिकार बन्न नचाहेको सन्देश दिएका छन् । उनीहरूले समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका थिए ।

पछिल्लो समय सुनसरीको कप्तानगञ्जमा जातीय हिंसा भड्किएर आन्दोलनकारीको ज्यान गएपछि विभिन्न जिल्लामा आन्दोलन तथा प्रदर्शन भइरहेका छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ ।

प्रहरीले विशेष गरी मधेस प्रदेश केन्द्रित सुरक्षा व्यवस्थापनका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डिआइजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) सहित १५ जना वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा छुट्टै सुरक्षा टोली परिचालन गरिसकेको छ ।

सद्भाव र्‍यालीमार्फत सहभागीले जातीय तथा सामाजिक सद्भाव कायम राख्न, हिंसालाई अस्वीकार गर्न र संवाद तथा सहिष्णुतामार्फत समस्या समाधान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ११ : १४ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका