नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन « Khabarhub

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।

भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।

ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भने, ‘क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।’

ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ११ : ३८ बजे

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये

रसुवा बाढीमा निधन भएका विदेशीको शव हस्तान्तरणका लागि पूरा गर्नुपर्ने छ ९ चरण

काठमाडौं– यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

काठमाडौं– प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः००

कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस्

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी