भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् । खोजी कार्य जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जना रहेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट सोमबार साँझसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । उद्धारसँगै सम्पर्कविहीनको खोजी कार्यलाई तीव्र बनाइएको छ ।

नेपाली सेनाले मात्रै तीन हजार ४०४ नेपाली र २५३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ४९९ पटक हवाई उडान गरेको छ । सोमबार मात्रै सेनाले ८८ र निजी क्षेत्रका हेलिकोप्टरले २९ वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका सात हजार ९०९, नेपाली सेनाका आठ हजार ८९६ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २१ हजार आठ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच, बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : ३८ बजे

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी