हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट « Khabarhub

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि स्थानीय प्रशासनले साना तथा ठूला यात्रुवाहक सवारीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधन काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा फर्किंदा भने फर्पिङ-फाखेल–कुलेखानी–भीमफेदीको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि हेटौँडा भएर उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप ह्वात्तै बढेको हो।

मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि पनि नयाँ रुट तय गरिएको छ। जसअनुसार ठूला सवारी काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ (राजमार्ग) प्रयोग गर्नुपर्नेछ।

सवारीको चाप बढेका कारण हुने भीषण जाम र यात्रुले व्यहोर्नुपरेको सास्ती कम गर्न यो वैकल्पिक व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ७ : ०५ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल