झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग « Khabarhub

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ सङ्कलन गरिने अध्यक्ष थपलियाले बताइन् ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : १२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु