पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै « Khabarhub

पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।

‘शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं’, उनले भने, ‘डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ ।’ डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिने प्रजिअ गुरुङको भनाइ छ ।

पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिने उनले बताए । शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजीलगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उनको भनाइ छ । अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।

बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको जनाइएको छ ।

नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : ३९ बजे

रसुवा बाढी : मृतकको संख्या एक हजार नजिक, तीन हजार नौ सय बढी सम्पर्कविहीन

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाडौं–  विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले फर्किन दिएन, शव चिन्ने आधार बन्यो हातको ट्याटु 

हेटौँडा– ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट