पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै « Khabarhub

पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।

‘शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं’, उनले भने, ‘डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ ।’ डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिने प्रजिअ गुरुङको भनाइ छ ।

पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिने उनले बताए । शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजीलगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उनको भनाइ छ । अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।

बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको जनाइएको छ ।

नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : ३९ बजे

दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)

रसुवा- रसुवाको बाढी प्रभावित स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको

भीम रावलले भने : विपद् सामना गर्न प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक राखौँ

काठमाडौं- नेकपा नेता तथा पूर्वरक्षामन्त्री डा. भीम रावलले रसुवाको भोटेकोसी–त्रिशूली

पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे

काठमाडौं – बलिउड र्‍यापर बादशाहको दोस्रो बिहे पनि टुटेको छ

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन

नवलपुर– भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण