रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनःस्थापनामा आईटीएफको चासो « Khabarhub

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनःस्थापनामा आईटीएफको चासो


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ।

आईटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिसँग भएको भर्चुअल बैठकमा आईटीएफ वर्ल्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी तथा उद्धारका साथै राहतका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले आईटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई प्रभावित श्रमिकका लागि तत्काल आवश्यक योजना तयार गर्नसमेत आग्रह गरेका छन्।

बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रारम्भिक तथ्यांकअनुसार रसुवा बाढीमा ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारीसाधन क्षतिग्रस्त भएको जानकारी दिए।

उनका अनुसार करिब ५६३ जना यातायात श्रमिक प्रभावित भएका छन् भने ५०१ जना संगठनका सदस्य सम्पर्कविहीन छन्। हालसम्म एक जना श्रमिकको मृत्यु पुष्टि भएको र १७ जना श्रमिक संगठनको सम्पर्कमा रहेको उनले बताए।

राईले प्रभावितको संख्या अझै बढ्न सक्ने अवस्था रहेको भन्दै सम्पर्कविहीन श्रमिकको खोजी तथा उद्धार, प्रभावित परिवारलाई तत्काल राहत, क्षति र प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन, दीर्घकालीन पुनःस्थापना तथा भविष्यमा यातायात श्रमिकलाई विपद्बाट सुरक्षित राख्ने स्थायी नीतिगत प्रणाली निर्माणलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारे।

युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा कार्यरत आफ्ना ९३ जना सदस्य सम्पर्कविहीन रहेको जानकारी दिए। उनका अनुसार अन्य श्रमिकसमेत बेपत्ता रहेको अवस्था छ।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले बाढीका कारण नेपाली यातायात मजदुरको अवस्था भयावह बनेको भन्दै श्रमिकको खोजी तथा उद्धारका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए।

करिब दुई घण्टा चलेको बैठकमा आईटीएफ वर्ल्ड कमिटी सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) का महासचिव अजयकुमार राई र जिफन्टका महासचिव लक्ष्मण शर्माले सहजीकरण गरेका थिए।

आईटीएफले बाढीबाट प्रभावित यातायात श्रमिक तथा उनीहरूका परिवारको तत्कालीन आवश्यकता पहिचान गरी राहत, उद्धार र पुनःस्थापनाका लागि सम्बन्धित नेपाली संगठन तथा सरकारी निकायसँग समन्वय गर्ने जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १२ : २० बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था