खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ « Khabarhub

खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता दुई करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए । 

संस्थानले धनगढी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । 

कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युनतम एक सय १० रुपैयाँ शुल्क असुल गर्दै आएको छ ।  

त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ । 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १ : ०२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं