चिलिमेदेखि त्रिशूली-३ बीसम्म टनेलभित्र फसेकालाई खोजिँदै, सेनाद्वारा २३ जनाको हवाई उद्धार « Khabarhub

चिलिमेदेखि त्रिशूली-३ बीसम्म टनेलभित्र फसेकालाई खोजिँदै, सेनाद्वारा २३ जनाको हवाई उद्धार


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत सोमबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार चिलिमे, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बी जलविद्युत् आयोजनाका टनेलमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।

चिलिमे हाइड्रोको टनेलभित्र टोली करिब ५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटरसम्म र अपर त्रिशूली–१ मा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ए जलविद्युत् आयोजनामा टनेलको हेड फेला परेको र कम्प्रेसरबाट हावा पठाउने काम भइरहेको छ। टनेलभित्रको पानी निकाल्ने कार्य पनि जारी छ।

साथै, टनेलको पछाडितर्फको वैकल्पिक मार्ग खोल्न तीनवटा एक्स्काभेटर प्रयोग गरिएको र करिब १५ मिटर मार्ग खोलिएको सेनाले जनाएको छ। रक ब्रेकर प्रयोग गरेर टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने कामसमेत भइरहेको छ।

त्रिशूली–३बीमा पनि विज्ञसहितको फौज परिचालन गरी टनेलको प्रवेशद्वार पत्ता लगाउने र एक्स्काभेटर प्रयोग गरेर खन्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। तीमध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३एबाट २२१ जना, माथिल्लो त्रिशूली–३बीबाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत्बाट ४ जना, त्रिशूली जलविद्युत्बाट ३ जना र देवघाट जलविद्युत्बाट ५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

यसैबीच, प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गरी स्थानीयसँग अवस्थाबारे जानकारी लिने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। सेनाले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारमा सहयोग गरिरहेको जनाएको छ।

संक्रमणको जोखिम न्यूनीकरण गर्न धुन्चे बजार, श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल तथा शव सङ्कलन र व्यवस्थापन गरिएका अन्य स्थानमा निसंक्रमणको काम गरिएको सेनाले जनाएको छ। अन्य प्रभावित क्षेत्रमा स्थानीय निकायसँग समन्वय गरेर निसंक्रमणको काम विस्तार गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : १२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु