गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य « Khabarhub

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको जनाएको छ । जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो ।

बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो ।

संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ । 

सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गरेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : १२ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक