सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग « Khabarhub

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।

विपद्का कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको  छ। 

साथै, सम्पर्कविहीन रहेका व्यक्तिहरू सकुशल भेटिन सकुन् भन्ने कामना गर्दै उनीहरूका परिवारप्रति कम्पनीले विशेष सहानुभूति व्यक्त गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सहरूको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ, कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ ।

उक्त सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव  दिप बहादुर बि. सीले नेपाल सरकारका माननीय अर्थमन्त्री स्वर्णिम वाग्ले लाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : २८ बजे

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले