कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस् « Khabarhub

कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस्


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा सरकारले सदनमार्फत तथ्य र यथार्थ जानकारी दिनुपर्ने बताएकी छन् । 

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकपछि थापाले भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा आम जनताको विश्वास सदनप्रति हुने भएकाले सदनमार्फत आधिकारिक तथ्य र यथार्थ जानकारी प्रवाह गर्नुपर्ने बताएका हुन् । 

उनले प्रभावित क्षेत्रमा राहत सामग्री धेरै पुगिसकेको तर यसको उचित व्यवस्थापन मात्र खाँचो रहेको उल्लेख गरिन् । 

बेत्रावतीको एक घरमा २४ जनाको शव भेटिएको जस्ता हृदय विदारक घटनाहरूले राज्य र सहयोगीहरू पुग्न नसकेका अझै धेरै स्थानहरू बाँकी रहेको देखाएको उनको भनाइ छ । 

उनले तत्कालका लागि उद्धार र राहत कार्यमा कुनै अवरोध नहोस् भन्नाका लागि २–३ दिन सरकारलाई काम गर्न दिनुपर्ने र काममा बाधा पुर्‍याउन नहुने जिकिर गरिन्

त्यस्तै प्रभावित स्थानमा भीडभाड कम गर्न फिल्डमा काम गर्ने छुट्टै टोली खटाइएको र अन्य सांसदहरूले सदनमार्फत नीतिगत सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । 

थापाले मुख्य राजमार्ग बन्द हुँदा आवतजावतमा कठिनाइ भएकोले सरकारले तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने बताइन् । 

मानवीय विपद् र संकटको घडीमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि (महङ्गी) नगर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीहरूलाई उनले आग्रह गरिन् ।  

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : २८ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले