भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी « Khabarhub

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडकमा बढेको सवारी चाप कम गर्न बागमती प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले करिब ३५ किलोमिटर लामो उक्त सडक तत्काल आवश्यक मर्मत गरी साना यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार सडकको केही खण्ड कच्ची र अप्ठ्यारो रहेकाले आवश्यक  ग्राभेल गर्ने, ग्याबिन लगाउने, ढुङ्गा भर्ने तथा सडक सम्याउने काम गरिनेछ । त्यसका लागि भीमफेदी गाउँपालिकासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरिएको छ ।

‘भीमफेदीतर्फ अहिले सवारीको अत्यधिक चाप छ, त्यसलाई कम गर्न यो वैकल्पिक सडक सञ्चालन गर्न लागेका हौँ’, मन्त्री केसीले भने, ‘तत्काल मर्मत गरेर बोलेरो तथा साना यात्रुवाहक सवारीलाई यो सडकबाट सञ्चालन गर्ने तयारी छ ।’

प्रदेश सरकारले उक्त सडकलाई दीर्घकालीन रूपमा स्तरोन्नति गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत सडक स्तरोन्नतिका लागि करिब रु आठ करोड बजेट व्यवस्था गरिएको जनाइएको छ । 

भीमफेदी गाउँपालिकाका अध्यक्ष हीदम लामाले उक्त सडक सञ्चालनका लागि गाउँपालिकाले लामो समयदेखि प्रदेश सरकारसँग माग गर्दै आएको बताए। उनका अनुसार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसहित प्राविधिक टोलीले सडकको स्थलगत निरीक्षणसमेत गरिसकेको छ ।

‘यो सडकमा पहिले सुमो सञ्चालन हुने गरेको थियो’, अध्यक्ष लामाले भने, ‘तत्काल मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सके अहिले भीमफेदी–कुलेखानीतर्फ परेको सवारी चाप कम गर्न सहयोग पुग्छ ।’

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने सवारीसाधन त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा भीमफेदी–कुलेखानीतर्फका वैकल्पिक सडकमा केन्द्रित हुँदा सवारी चाप बढेको छ ।
 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ४३ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका