गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु « Khabarhub

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । 

कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो ।   

टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको  समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। प्राविधिकले गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादन लागतको विश्लेषण गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रस्ताव पठाउने जनाएको छ ।
    
सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाइएको छ । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार ९४० तोकेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ५८ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म