बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग « Khabarhub

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले३५ लाख सहयोग प्रदान गर्ने भएको छ। 

भोटेकोशी बाढी तथा पहिरोका कारण भएको मानवीय, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 
    
बाढी प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीको पारिश्रमिक एवम् राहत तथा उद्धार शीर्षकबाट गैँडाकोटले सहयोग गर्न लागेको हो । 

नगरप्रमुख मदनभक्त अधिकारीकाअनुसार नगरपालिकाको जनप्रतिनिधिको सेवासुविधा रकमको १० दिन बराबरले हुन आउने रकम पाँच लाख ३९ हजार, नगरपालिकाका कर्मचारीको सात दिन बराबरको पारिश्रमिकले हुन आउने रकम २० लाख ७७ हजार तथा बाँकी नगरपालिकाको राहत तथा उद्धार शीर्षकबाट गरी ३५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

राज्यमा परेको विपत्तिको समयमा आवश्यक साथ, सहयोग, समन्वय र सहकार्य गर्नु हामी सबैको दायित्व रहेको उनले बताए। 

अकल्पनीय रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पुग्न गएको जनधनको अपुरणीय क्षतिप्रति गैँडाकोट नगरपालिका स्तब्ध भएको नगरप्रमुख अधिकारीको भनाइ छ । 

अप्रत्याशित रूपमा आएको प्राकृतिक विपत्तिले थुप्रै नेपालीको जीवनमा परेको बज्रपातले नगरवासीलाई मर्माहत बनाएको उनले बताए। बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि अपिल गरिएको छ । 
 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ६ : ०५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ